इजरायलमा मारिएका नेपालीका परिवारलाई मासिक भत्ता दिइने
काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई इजरायल सरकारले मासिक रूपमा भत्ता उपलब्ध गराउने भएको छ । गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।
लर्न एन्ड अर्न कार्यक्रमका लागि इजरायल पुगेका विद्यार्थीहरूमाथि आक्रमण गर्दा १० जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । उक्त आक्रमणपछि कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन् ।
उक्त आक्रमणमा मारिएका १० जनाको परिवारलाई इजरायलले क्षतिपूर्ति स्वरूप मासिक भत्ता दिने भएको हो । नेपालका लागि इजरायली राजदूत हनान गोदेरले क्षतिपूर्ति बापत मासिक भत्ता उपलब्ध गराउन लागेको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गराएका हुन् ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँगको भेटका क्रममा राजदूत गोदरेलले गाजा क्षेत्रमा जारी द्वन्द्वको क्रममा मृत्यु भएका नेपाली श्रमिकहरूको परिवारलाई क्षतिपूर्ति बापत मासिक रूपमा भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारले निर्णय गरेको बताएका हुन् ।
उक्त निर्णयबारे राजदूतले मन्त्री अर्याललाई जानकारी दिएका हुन् । भेटका अवसरमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा समेत राजदूत गोदेरलले मन्त्री अर्याललाई जानकारी गराएका थिए । जी टु जी प्रक्रियाबाट केयर गिभरका रूपमा नेपाली श्रमिकहरू इजरायल गइरहेकोमा भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली श्रमिकहरू पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत कुराकानी भएको थियो ।
इजरायलमा नेपाली श्रमिकहरूलाई पठाउने विद्यमान प्रकियालाई छिटो छरितो र सरलीकरण गर्दै लगिने मन्त्री अर्यालले बताएका थिए । हाल इजरायलमा जी–टु–जीमार्फत मात्रै नेपाली श्रमिकहरू केयरगिभरको रूपमा इजरायल जाने गरेका छन् । भर्खरै म्यानपावर व्यवसायी मार्फत समेत कामदार पठाउने प्रक्रिया अगाडि बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण