परिवार नआई अनुसन्धान प्रक्रिया अगाडि नबढ्ने
विराटनगर । विराटनगर–४ मा डेरा गरी बस्दै आएकी स्टाफ नर्सको हत्याको विषयमा प्रहरीले उनका परिवारका सदस्यहरू नआएसम्म भित्री अनुसन्धान नहुने बताएको छ । नोबेल शिक्षण अस्पतालमा काम गर्ने २२ वर्षकी चन्द्रिकाकुमारी दासको आज दिउँसो हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
सिराहाको फुलकाहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर–४ को बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको बाथरुममा उनको शव दिउँसो १२ बजेतिर फेला परेको थियो ।
उनको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनको हत्या भएको र शव छाडेर संलग्न व्यक्ति फरार भएको पाइएको दाहालले बताए ।
दासको परिवारलाई खबर भएको र उनीहरू आएपछि मात्रै घटनास्थलको भित्री पाटोको अनुसन्धान हुने दाहालले बताए । ‘परिवारका सदस्यहरू नआएसम्म हामीले भित्री पाटो हेर्न सकेका छैनौँ,’ दाहालले भने,‘बाहिरी घेरामा अनुसन्धान बढाएका छौँ । घटनास्थलमा के छ ? कस्तो अवस्थामा छ ? भन्नेबारे परिवारको रोहबरमा मात्रै हेर्नुपर्ने हुन्छ ।’
परिवारलाई अगाडि राखेर चित्त बुझ्ने गरी अनुसन्धान हुनुपर्ने भएका कारणले प्रहरीले परिवारलाई कुरेर बसेको उनले बताए । ‘मान्छेको मृत्यु भएको हो कि होइन भन्ने विषयमा मात्रै हामीले हेरेका हौँ । अन्य विषय परिवारका सदस्यहरू आएपछि मात्रै अनुसन्धान हुन्छ,’ दाहालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण