सहकारी ठगीको उजुरीबारे कांग्रेसलाई संसद्मा पढाउने रविको इच्छा
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा अवरोधलाई नेपाली कांग्रेसले निरन्तरता नदिने विश्वास लिएका छन् ।
रविको राजीनामा माग्दै कांग्रेसले शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरोध गरेपछि संसदबाट बाहिरिने क्रममा उनले कांग्रेसजस्तो लोकतान्त्रिक दलले सदनमा विधेयक नै प्रस्तुत हुन नदिने भन्नेजस्तो चिजलाई निरन्तरता दिने छैन भनी विश्वास व्यक्त गरे ।
‘कस्तो उजुरी हो, कसले गराएको हो त्यति कुराचाहिँ एक पटक सदनमा मौका पाएँ भने नेपाली कांग्रेसलाई पढाउने इच्छा छ,’ ९ मिनेट १८ सेकेन्डमा’ पत्रकारसँग कुरा गर्दै उनले सहकारी ठगीको उजुरीबारे भने ।
प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीले विधेयक पेस गर्न समय पाउनासाथ उनको राजीनामा मागेर कांग्रेसले बैठक अवरोध गरेको थियो ।
पत्रकारसँग गृहमन्त्री लामिछानेले आफू कति दिन गृहमन्त्री हुने थाहा नभए पनि डटेर काम गरिराख्ने बाचा दोहोर्याए ।
‘कांग्रेसको नारा चर्को होला, राजीनामा दे भन्ने होला । म आफ्नो काम गरिरहन्छु,’ उनले भने ।
संसदमा बोल्न पाए कांग्रेसले उठाएका विषयमा राम्रोसँग बताउने भन्दै लामिछानेले सुन प्रकरणको अनुसन्धानमा प्रभाव हुन नदिने जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जी गर्ने कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण