राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
काठमाडौंर । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियता र संविधानको रक्षा गर्न नसकेको आरोप लगाउँदै उनलेपदबाट राजीनामा दिँदा राम्रो हुने बताएका छन्।
बिहीबार आजपाको सचिवालय बैठकलाई सम्बोधन गर्दै साहले राष्ट्रपति पौडेलले पदीय गरिमा कायम राख्न नसकेको र वर्तमान सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाए।
उनले जेनजी आन्दोलनका बेला राष्ट्रपति पौडेलले संसद् जोगाउन नसकेको र संविधानको संरक्षक हुँदाहुँदै संविधान मिचेर सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरिएको आरोप लगाए।
साहले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिने व्यवस्था राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै यस्ता विषयमा राष्ट्रपति वर्तमान सरकारको सारथी बनेको आरोप लगाए।
राष्ट्रपति पौडेलले असार ११ गते वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेपछि साहले त्यसको विरोध गर्दै राष्ट्रपतिले राष्ट्रियताको रक्षा गर्न नसकेको आरोप लगाएका हुन्। उनका अनुसार उक्त विधेयक लागू भएपछि कोषको कार्यकारी अधिकृत (सीईओ) विदेशी नागरिक पनि हुन सक्नेछन्।
साहले राष्ट्रपति पौडेलले आफूले लिएको शपथको मर्यादासमेत जोगाउन नसकेको र सरकारको दबाबमा निरीह बनेको टिप्पणी गरे।
उनले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरिएको विषयमा पनि प्रश्न उठाउँदै विधिसम्मत नियुक्त भएका व्यक्तिहरूलाई हटाउने सरकारको कदममा राष्ट्रपति साक्षी बनेको आरोप लगाए।
यस्तै, सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने निर्णय गरेको उल्लेख गर्दै साहले उक्त घटना हुँदा तत्कालीन गृहमन्त्रीको जिम्मेवारीमा रहेका कारण नैतिकताका आधारमा पनि राष्ट्रपति पौडेलले राजीनामा दिनु उचित हुने धारणा राखे।
संसद्को अधिवेशन आह्वान गरेपछि अधिवेशन सुरु हुनुअघि नै स्थगित गरेर अध्यादेश ल्याउँदा पनि राष्ट्रपति मौन बसेको आरोप लगाउँदै साहले राष्ट्रपति पदबाट अलग भए देश र जनताको हित हुने दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
-
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने
-
‘नेपाली ब्रो’ थुनामा, प्रेमिकालाई पनि मिलेन धरौटी
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण