मलेसियासँग नेपाल पराजित
काठमाडौँ । मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो ।
३५–३५ मिनेटमा विभाजन गरिएको खेलमा नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो । मलेसियाका लागि डारेन लोकले २१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा पेनाल्टीमार्फत डारन लोकले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए ।
४६ औँ मिनेटमा स्टुआर्ट विक्लनले गोल गर्दै अग्रता तेब्बर बनाए । ४८ औँ मिनेटमा डेनियल टिंङले मलेसियाका लागि चौथो गोल गरे । ६८ औँ मिनेटमा नेपालका समिर तामाङले गोल गर्दै अन्तर ४–१ मा झारेका थिए । १३५ औँ मिनेटमा मलेसियाका मुखारी अजमल महादीले गोल गर्दै ५–१ को जित पक्का गरे ।
नेपालले अब केही दिन मलेसियामै अभ्यास गरेर बहराइन जाने छ । बहराइनमा नेपालले फिफा विश्वकप छनोटको दुवै खेल खेल्ने छ । दशरथ रङ्गशाला खराब भएका कारण नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो । पहिलो खेल चैत ८ र दोस्रो खेल चैत १३ गते हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण