फिल्ममा डेब्यु गर्दै गायक रवि ओड
काठमाडौँ । नेपाल आइडल सिजन २ विजेता गायक रवि ओड फिल्ममा डेब्यु गर्ने भएका छन् । उनी ऋषिराज आचार्यको निर्देशन रहने फिल्म ‘द्रौपदी’बाट अभिनेताको रुपमा देखिन लागेका हुन् । फिल्ममा उनी विशेष भूमिकामा देखिने बताइन्छ । फिल्ममा सङ्गीत समेत ओडको रहनेछ ।
फिल्मको आगामी बिहीबार डोल्पाबाट छायाङ्कन सुरु भएको छ । अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर फिल्म निर्माण हुन लागेको हो । फिल्मको स्क्रिप्ट ४ वर्ष लगाएर लेखिएको निर्देशक आचार्यले बताए ।
फिल्ममा रविको अलावा आश्विनी शाही, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ । फिल्मका छायाकार मोहनकुमार झिल्लु हुन् ।
ऋषिराज आचार्य, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह–निर्माता रहेको फिल्मको लेखक पनि निर्देशक आचार्य नै हुन् । फिल्मको सम्पूर्ण छायाङ्कन डोल्पामै गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण