यो साता सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ४ सय रुपैयाँले बढ्यो
काठमाडौँ । यो साता सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । इतिहासकै सबैभन्दा धेरै मूल्य कायम भएर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यो साता सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर रोकिएको छ ।
अहिलेसम्म नेपाली बजारमा सुनको कारोबार यति धेरै मूल्यमा भएको थिएन । यस्तै, सातामा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँसम्म पुग्यो । यसबाहेक समग्रमा भने गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।
गत साता शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । यो समग्रमा ४०० रुपैयाँको वृद्धि हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम छ ।
यो साता नेपाली बजारमा आइतबार तोलामा १ हजारले बढेर १ लाख २६ हजार पुगेको थियो । यही मूल्यमा लगातार सोमबार र मंगलबार सुनको कारोबार भयो । बुधबार तोलामा १ हजारले घटेको सुनको मूल्य बिहीबार ८०० रुपैयाँले बढेर शुक्रबार ४०० रुपैयाँले घट्यो ।
यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम थियो । यो साताको शुक्रबार बढेर १५ सय १५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण