घरेलु मैदानमा सहज जित निकाल्दै म्यानचेस्टर सिटी सेमिफाइनल प्रवेश
काठमाडौँ । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे । सिल्भाले १३ औँ मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । उनैले रुबेन डियासको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल ३१ औँ मिनेटमा थपे । त्यसपछि दुवै टिमबाट गोल नभएपछि सिटी घरेलु मैदानमा २–० को सहज जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।
यसैगरी एफए कपकै अर्को क्वाटरफाइनलमा कोभेन्ट्री सिटीले ३–२ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । कोभेन्ट्रीले वुल्भ्सलाई पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए । कोभेन्ट्रीका लागि इलियस सिमसले २ गोल गर्दा हाजी राइटले एक गोल थपेका थिए ।
वुल्भ्सका लागि रियान नुरी र ह्युगो बुएनोले एक ÷एक गोल गरे । खेलको ५३ औँ मिनेटमा इलियसले गोल गर्दै कोभेन्ट्री सिटीलाई अग्रता दिलाएका थिए । तर, ८३ औँ मिनेटमा रियान र ८८ औँ मिनेटमा ह्युगोले गोल गरेपछि वुल्भ्सले २–१ को अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्योरी समयको सातौं मिनेटमा इलियसले हेडरमार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि हाजीले राइटफुटेड सर्ट प्रहार गर्दै गोल गरेपछि कोभेन्ट्री ३–२ को जितका साथ एफएकपको सेमिफाइनलमा पुग्न सफल भयो ।
एफए कप अन्तर्गत आज चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल सेमिफाइनल प्रवेशका लागि आमने सामने हुँदै छन् । चेल्सी र लेस्टरको खेल साढे ६ बजे हुने छ भने म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल सवा ९ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण