बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छलीका ७ लाख मूल्य बराबरका सामग्री बरामद

आइतबार, ०४ चैत २०८०, १७ : ५९
आइतबार, ०४ चैत २०८०

धनुषा । सशस्त्र प्रहरी बल नम्बर ८ गण धनुषाले भन्सार छलीका ७ लाख मूल्य बराबरका सामग्री बरामद गरेको छ।  सशस्त्र प्रहरीको टोलीले आइतबार धनुषाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलेर ल्याइएका फलफूल, लत्ताकपडा, किरानालगायतका सामग्री बरामद गरेको हो । 

सशस्त्र प्रहरी नम्बर ८ गण धनुषाका गणपति एसपी दर्शन गिरीले बरामद सामग्री आवश्यक कारबाहीका लागि आजै राजस्व भन्सार कार्यालय जनकपुरमा बुझाइएको जानकारी दिए । उनका अनुसार बरामद सामग्री ७ लाख मूल्य बराबरका रहेका छन् । 

सशस्त्र प्रहरी नम्बर ८ गण धनुषाले अवैध चोरी तस्करी नियन्त्रणका लागि सक्रिय काम गरिरहेको जनाइएको छ । सशस्त्र प्रहरीको टोलीले आइतबार नै टोलीले अवैध तस्करीमा संलग्न एउटा मोटरसाइकल समेत बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप