भन्सार छलीका ७ लाख मूल्य बराबरका सामग्री बरामद
आइतबार, ०४ चैत २०८०, १७ : ५९
धनुषा । सशस्त्र प्रहरी बल नम्बर ८ गण धनुषाले भन्सार छलीका ७ लाख मूल्य बराबरका सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरीको टोलीले आइतबार धनुषाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलेर ल्याइएका फलफूल, लत्ताकपडा, किरानालगायतका सामग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरी नम्बर ८ गण धनुषाका गणपति एसपी दर्शन गिरीले बरामद सामग्री आवश्यक कारबाहीका लागि आजै राजस्व भन्सार कार्यालय जनकपुरमा बुझाइएको जानकारी दिए । उनका अनुसार बरामद सामग्री ७ लाख मूल्य बराबरका रहेका छन् ।
सशस्त्र प्रहरी नम्बर ८ गण धनुषाले अवैध चोरी तस्करी नियन्त्रणका लागि सक्रिय काम गरिरहेको जनाइएको छ । सशस्त्र प्रहरीको टोलीले आइतबार नै टोलीले अवैध तस्करीमा संलग्न एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण