इलाम–२ उपनिर्वाचन : सहमति नभएपछि एमालेद्वारा ६ जनाको नाम केन्द्रमा सिफारिस
विराटनगर । इलाम २ को उपनिर्वाचनको उम्मेदवार सहमतिमा टुङ्ग्याउने प्रयास असफल भएपछि नेकपा एमाले इलाम जिल्ला सचिवालय समितिको बैठकले ६ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ ।
नेकपा एमाले इलामका सचिव उमेश गुरुङले सहमति गरेर एक जनाको नाम पठाउन गरिएको प्रयास असफल भएको जानकारी दिए । ‘हामीले सर्वसम्मत बनाउने कोसिस गर्यौँ । सबै आकाङ्क्षीहरूले छोड्न नमान्नुभएपछि जिल्ला समितिमा चुनाव नै गराऊँ कि भन्ने भएको थियो । त्यसले फेरि मनमुटाब बढाउला भन्ने लागेर ६ जनाकै नाम केन्द्रमा पठाएका छौँ,’ गुरुङले भने ।
यसअघि एमालेले उम्मेदवार तय गर्नका लागि जिल्ला पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलमा ६ जना आकाङ्क्षीले निवेदन दिएका थिए । निवेदन दिनेहरूमा सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राई थिए । उनीहरू कसैले पनि आफ्नो दाबी नछोडेको गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण