शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ढुवानी व्यवसायी महासङ्घको अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत

सोमबार, ०५ चैत २०८०, ०७ : ३५
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । देशभरका ढुवानी व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटौँ  महाधिवेशन तथा १५ औँ वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार काठमाडौँमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, ध्रुव दाहाल खत्री,प्रदीप अर्याल, बालकृष्ण पोखरेल गरी ४ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनबाट अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल निर्वाचित भए । श्रेष्ठले ५१ मत र अर्यालले २९ मत ल्याएर उपाध्यक्षमा चुनिए ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा भने अच्युतराज खनाल सर्वसम्मत चयन भए । यस्तै सचिवमा केदार बानियाँ र धर्मराज पोखरेलले उम्मेदवारी  परेको थियो । जसमा ३० मत प्राप्त गर्दै धर्मराज पोखरेल निर्वाचित हुँदा बानियाँको पक्षमा २४ मत परेको थियो ।  कोषाध्यक्षमा पनि दुई जनाको उम्मेदवारी परेकोमा पूर्णप्रसाद रेग्मीले ४३ पाएर विजयी हुँदा  राजकुमार न्यौपानेको पक्षमा ११ मत मात्र परेको थियो ।

महासङ्घको महासचिवमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भए । श्रेष्ठ यस अघि महासङ्घको सचिव थिए । उनी सामान ढुवानी व्यवसायी सङ्घ काठमाडौँको अध्यक्ष समेत हुन् ।

सह कोषाध्यक्ष पदमा टेकराज पोखरेल सन्तोष पनि सर्वसम्मत भए । पोख्रेल यस अघि कार्यसमिति सदस्य थिए । छैटौँ महाधिवेशनले सात प्रदेशमा प्रदेश संयोजकहरू समेत सर्वसम्मत रूपमा चयन गरेको छ । निर्वाचित प्रदेश संयोजकहरूमा भोला पौडेल, कृष्णप्रसाद ढुङ्गेल ,सृजना तिमिल्सिना, सोमप्रसाद भट्टराई , दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाल रहेका छन् ।

साथै  ९ जना कार्यसमिति सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् । जसमा दिलीप अर्याल ,सन्तोषकुमार कार्की, चिरञ्जीवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल , नीलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल रहेका छन् ।

 ‘राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार’  भन्ने नारालाई आत्मसाथ गरेर देशभरका ढुवानी व्यवसायीहरूलाई एकीकृत गर्ने र व्यवसायीहरूको साझा समस्याहरू समाधानका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासङ्घ नेपालको स्थापना भएको हो । अहिले महासङ्घमा १८ वटा स्थानीय संस्थाहरू समेत आबद्ध रहेका छन् ।

निर्वाचित नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचित भएसँगै अध्यक्ष नेपालले ढुवानी क्षेत्रका साझा मुद्दाहरूमा अन्य यातायात महासङ्घ तथा संघहरूसँंग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारसँगको माग र मुद्दामा पनि गम्भीर बनेर अघि बढ्ने उनको कथन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप