आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज १८ अर्ब ३० करोडको ट्रेजरी बोलकबोल गर्ने

सोमबार, ०५ चैत २०८०, १० : ४७
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चैत ५ गते १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलबोलकबोल गर्ने भएको छ । चैत ६ गते मंगलबार जारी गर्नेगरी राष्ट्र बैंकले २८ दिने, १८२ दिनेर ३६४ दिनेगरी तीन किसिममा कूल १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

तथापि, ट्रजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । 

बैंकको सूचनाअनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने १८२ दिने ट्रेजरीका लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिनेका लागि ९ अर्ब रुपैयाँ छुट्याइएको छ । उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ । 

यसअघि राष्ट्र बैंकले फागुन २७ गते २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप