मधेस प्रदेशमा कांग्रेसका मन्त्री बर्खास्त
सोमबार, ०५ चैत २०८०, १७ : ४९
धनुषा । केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको प्रभाव प्रदेशमा पनि देखिन थालेको छ । केन्द्रीय सत्ता समीकरण परिवर्तनको प्रभाव मधेस प्रदेश सरकारका मन्त्री परिवर्तनबाट देखिन थालेको हो ।
सोमबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसबाट मन्त्री भएकाहरूलाई बर्खास्त गरेर एमालेलाई सरकारमा सामेल गराउँदै मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीसहित सरकारमा गएका छन् ।
यसअघि मधेस प्रदेशमा कांग्रेसका तीन मन्त्री सहभागी थिए । एमाले सरकारमा गएसँगै यो प्रदेशमा जसपा, माओवादी र एमाले गरी तीन दल सहभागी भएका छन् । एमालेबाट यो प्रदेशमा चार जना मन्त्री बनाउने सहमति भएको बताइए पनि पहिलो चरणमा सरोज मात्र मन्त्री बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण