कर्णाली प्रदेशसभा बैठक स्थगित
सोमबार, ०५ चैत २०८०, २० : ३१
सुर्खेत । सोमबार बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक नबसेर नै स्थगित भएको छ ।
प्रदेशमा नयाँ सरकार गठन नभएको लगायतका कारण देखाउँदै बैठक स्थगित गरिएको हो । नयाँ सरकार पनि गठन नभएको र अर्कोतिर बिजनेस नहुँदा सदन चल्न नसकेको सभामुख नन्दा गुरुङले रातोपाटीलाई जानकारी दिइन् ।
‘खाली बैठक बस्नुको मात्रै औचित्य नभएकाले बैठक ९ गते सम्मका लागि स्थगित भएको छ,’उनले भनिन् ।
यसअघि तेस्रो अधिवेशनको पहिलो बैठक बुधबार बसेको थियो । प्रदेशमा नयाँ सरकार बनाउनका लागि प्रदेशका नेताहरू केन्द्रको निर्णय कुरेर बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण