शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभा बैठक स्थगित

सोमबार, ०५ चैत २०८०, २० : ३१
सोमबार, ०५ चैत २०८०

सुर्खेत । सोमबार बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक नबसेर नै स्थगित भएको छ ।

प्रदेशमा नयाँ सरकार गठन नभएको लगायतका कारण देखाउँदै बैठक स्थगित गरिएको हो । नयाँ सरकार पनि गठन नभएको र अर्कोतिर बिजनेस नहुँदा सदन चल्न नसकेको सभामुख नन्दा गुरुङले रातोपाटीलाई जानकारी दिइन् ।

‘खाली बैठक बस्नुको मात्रै औचित्य नभएकाले बैठक ९ गते सम्मका लागि स्थगित भएको छ,’उनले भनिन् ।

यसअघि तेस्रो अधिवेशनको पहिलो बैठक बुधबार बसेको थियो । प्रदेशमा नयाँ सरकार बनाउनका लागि प्रदेशका नेताहरू केन्द्रको निर्णय कुरेर बसिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप