अनलाइन क्यासिनो खेलाउने चार जना पक्राउ
काठमाडौँ । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभेपलाञ्चोक घर भई हाल काठमाडौँको चाबहिल बस्ने २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक घर भई चाबहिल बस्ने २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङ घर भई हाल गोकर्णेश्वर बस्ने २३ वर्षीया पूर्णिमा राई र नुवाकोट घर भई गोकर्णेश्वर घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार क्यास एप, फायरकर्लिनजस्ता एपमार्फत अनलाइन बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी खेल खेलाउने गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट अनलाइन खेल खेलाउन प्रयोग भएका ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ । उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण