शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार विभाग मालदार अड्डाका रूपमा परिचित छ, सुधार गर्नुपर्छ : सांसद वाग्ले

मङ्गलबार, ०६ चैत २०८०, १५ : ०७
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भन्सार विधेयक पारित भएपछि नेपालको व्यापार १५ देखि २० प्रतिशतको लागत घट्ने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सरकारद्वारा संसद्मा पेश गरिएको ‘भन्सार विधेयक, २०८०’माथि छलफल गर्दै वाग्लेले विधेयक पास भएपछि लागत घट्ने बताएका हुन् ।

यस्तै, नेपालको व्यापारको परिणाम र महत्त्व समेत बढ्ने वाग्लेको भनाई छ । तर, नेपालमा भन्सार अड्डा बदनाम बनेको स्थिति छ । यसलाई पैसा कमाउने थलो र मालदार अड्डाका रूपमा लिने स्थिति रहेको वाग्लेले बताए । तस्करी, कर छली र अवैध व्यापारका लागि उपयुक्त निकाय भन्सार बनेको उनको भनाई छ ।

यसबाहेक, भन्सार एजेन्टको लाइसेन्स परीक्षण नहुने र बिक्री–वितरण भइरहेका छन् । भारतीय एजेन्ट समेत नेपालमा आएर खुलमखुला एजेन्टको काम गरिरहेको वाग्लेको भनाई छ । भन्सार विभाग राजश्व सङ्कलनको केन्द्रका रूपमा रहेको छ । यसलाई परिवर्तन गर्दै अघि बढ्नुपर्ने वाग्लेको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप