भन्सार विभाग मालदार अड्डाका रूपमा परिचित छ, सुधार गर्नुपर्छ : सांसद वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भन्सार विधेयक पारित भएपछि नेपालको व्यापार १५ देखि २० प्रतिशतको लागत घट्ने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सरकारद्वारा संसद्मा पेश गरिएको ‘भन्सार विधेयक, २०८०’माथि छलफल गर्दै वाग्लेले विधेयक पास भएपछि लागत घट्ने बताएका हुन् ।
यस्तै, नेपालको व्यापारको परिणाम र महत्त्व समेत बढ्ने वाग्लेको भनाई छ । तर, नेपालमा भन्सार अड्डा बदनाम बनेको स्थिति छ । यसलाई पैसा कमाउने थलो र मालदार अड्डाका रूपमा लिने स्थिति रहेको वाग्लेले बताए । तस्करी, कर छली र अवैध व्यापारका लागि उपयुक्त निकाय भन्सार बनेको उनको भनाई छ ।
यसबाहेक, भन्सार एजेन्टको लाइसेन्स परीक्षण नहुने र बिक्री–वितरण भइरहेका छन् । भारतीय एजेन्ट समेत नेपालमा आएर खुलमखुला एजेन्टको काम गरिरहेको वाग्लेको भनाई छ । भन्सार विभाग राजश्व सङ्कलनको केन्द्रका रूपमा रहेको छ । यसलाई परिवर्तन गर्दै अघि बढ्नुपर्ने वाग्लेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण