पोखरामा मिनी सडक महोत्सव हुने
मङ्गलबार, ०६ चैत २०८०, १५ : १३
पोखरा । पोखरामा नेपाली नयाँ वर्षको अवसरमा मिनी सडक महोत्सव हुने भएको छ । होटल सङ्घ पोखराले चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवका लागि २१ वटा उपसमिति गठन गरिएको छ । सङ्घका उपाध्यक्षहरू दीपक श्रेष्ठ र गणेशराज पहारी सहसंयोजक बनेका छन् ।
मंगलबार बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर सरकारले पर्यटन क्षेत्रमा सकारात्मक अभियान चलाएको बताएको छ । राजधानी घोषणा गरेकै खुसीयालीमा होटलहरुले २० प्रतिशत छुट दिने घोषणा गरिएको संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण