राजनीति
कांग्रेसलाई ओलीको जवाफ : संसदीय समिति बन्दैन
मङ्गलबार, ०६ चैत २०८०, १५ : ३६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि माग गरेको संसदीय समिति बन्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार संसद् भवनमा संचारकर्मीले संसदीय छानबिन समिति बन्छ ? भनेर गरेको प्रश्नमा ओलीले भने, ‘सम्भव छैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘सरकारबाट बाहिर हुनेबितिकै कांग्रेसजस्तो पार्टीले आक्रोश, उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गर्नु हुँदैन ।’
साथै उनले कांग्रेसबाट परिपक्व प्रतिपक्षीको भूमिकाको आह्वान समेत गरे ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण