सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ब्रम्हायणि नदीमा बेपत्ता भएकाको शव
मङ्गलबार, ०६ चैत २०८०, १७ : ११
काठमाडौँ । विगत तीन दिनदेखि हराइरहेका ५० वर्षीय वीरबहादुर बिकको शव सशस्त्र प्रहरीको गोताखोरले आज ब्रम्हायणी नदीमा फेला पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने बिकको चैत्र ४ गते अपराह्न सिन्धुपाल्चोकस्थित ब्रम्हायणि नदी किनारामा मोबाइल, घडी र स्टकोट फेला परेको थियो । घटनाबारे जानकारी पाएपछि सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गोताखोर टोलीसँगै उनको खोजीको लागि विपद् उद्धार गण सिनामंगलबाट ७ जना खटिएका थिए । गोताखोरले मंगलबार दिउसो उनको शव नदीको करिब २० फिट गहिराइबाट निकालेको जानकारी थापाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा थप ९० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण