शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ब्रम्हायणि नदीमा बेपत्ता भएकाको शव

मङ्गलबार, ०६ चैत २०८०, १७ : ११
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । विगत तीन दिनदेखि हराइरहेका ५० वर्षीय वीरबहादुर बिकको शव सशस्त्र प्रहरीको गोताखोरले आज ब्रम्हायणी नदीमा फेला पारेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने बिकको चैत्र ४ गते अपराह्न सिन्धुपाल्चोकस्थित ब्रम्हायणि नदी किनारामा मोबाइल, घडी र स्टकोट फेला परेको थियो । घटनाबारे जानकारी पाएपछि सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार  गोताखोर टोलीसँगै  उनको खोजीको लागि  विपद् उद्धार  गण सिनामंगलबाट ७ जना खटिएका थिए । गोताखोरले मंगलबार दिउसो उनको शव नदीको करिब २० फिट गहिराइबाट निकालेको जानकारी थापाले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप