सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

बुधबार, ०७ चैत २०८०, ०८ : ४०
बुधबार, ०७ चैत २०८०

विराटनगर । मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको मंगलबार राति १ बजे हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । 

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको उनले बताए ।  श्रीमतीको हत्या गरेपछि श्रीमान् बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेको उनले बताए । 

उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा श्रीमान् बम बहादुरको पनि मृत्यु भएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप