जुन देश खाद्यान्नमा परनिर्भर छ त्यो देशको कुनै राष्ट्रियता हुँदैन : सांसद सिंह
काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले मुलुक नीतिगत भ्रष्टाचारले थङथिलो भएको दाबी गरेका छन् । सरकारले दुई महिना तीन महिना अघिदेखि बजेटको तयारी गरे पनि अन्तमा नेताहरूले आफू अनुकूलकै बजेट ल्याउने भन्दै सांसद सिंहले यस्तो बजेटलाई ‘बाहुबली बजेट’ को नाम दिन आग्रह गरे ।
बजेट बनाउने पार्टी र नेताले आफ्नो क्षेत्रमा २, ४ अर्बको बजेट खन्याउने तर अन्य क्षेत्रमा बजेट नै नदिने गरेकोप्रति सांसद सिंहले दुःख व्यक्त गरे । सोही अवसरमा सांसद सिंहले मुलुकको सार्वजनिक ऋणको आकार बढ्दै गएको तर विकासको गति जहिको त्यहीँ भएको भन्दै सरकारमाथि प्रश्न गरे ।
‘ऋण लिएर तलब भत्ता खाने काम भइरहेको छ’ बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भने, ‘होइन भने ऋणको आकार बढ्दै गर्दा त्यसबाट कति विकास भयो ?, कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार कतिले बढ्यो ?’ सांसद सिंहले प्रश्न गरे ।
मुलुक झन् झन् आर्थिक रूपमा कमजोर बन्दै गएको भन्दै सांसद सिंहले खाद्यान्नमा समेत परनिर्भर हुनु भनेको निकै दुःखद पक्ष भएको बताए । ‘जुन देश खाद्यान्नमा परनिर्भर छ त्यो देशको कुनै राष्ट्रियता हुन्न’ सांसद सिंहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण