सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कंगुवा’को टिजरमा एक्सन र एडभेन्चर

बुधबार, ०७ चैत २०८०, १५ : २२
बुधबार, ०७ चैत २०८०

मुम्बई । साउथ सुपरस्टार सूर्या, बबी देओल, दिशा पाटनी अभिनित फिल्म ‘कंगुवा’को टिजर रिलिज भएको छ । ५१ सेकेन्डको टिजरमा कुनैपनि संवाद छैन । एक्सन र एडभेन्चर सिन मात्र राखिएको छ ।

निर्माण युनिट पहिले फिल्मको अप्रिल २०२४ मा रिलिज गर्ने योजना बनाएको थियो । चुनावका कारण रिलिज सर्‍यो । फिल्मको नयाँ रिलिज मिति घोषणा भएको छैन ।

फिल्ममा सूर्या ‘कंगुवा’ र बबी भिलेनको भूमिकामा छन् । टिजरको अन्तिममा दुबैलाई एकसाथ देखाइएको छ । फिल्मको कथा सन् १७०० देखि २००० सम्म भएको बताइन्छ ।

‘कंगुवा’का प्यान इन्डियन फिल्म हो । ३८ भाषामा रिलिज हुने फिल्ममा सूर्या, बबी, दिशाको अलवा जगपति बाबु र योगी बाबुको पनि मुख्य भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप