निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल
बिहीबार, ०८ चैत २०८०, १२ : ०१
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको छाता संगठनकारुपमा रहेको यो संघको अध्यक्षमा प्रभु इन्स्योरेन्समा आबद्ध मल्ल निर्वाचित भएका हुन् ।
काठमाडौँमा सम्पन्न संघको ८औं वार्षिक साधारणसभाबाट अध्यक्षमा मल्लसहित उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास मूल निर्वाचित भएका छन् । यस्तै, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
संघको कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रशेमकुमार निरौला निर्वाचित हुँदा सदस्यहरूमा आजाद श्रेष्ठ, पवन अग्रवाल र कुनाल कयाल निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको अवधि २ वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण