४४ वर्षको उमेरमा कक्षा ७ मा पढ्दै सीता
दाङ । घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन्। कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनले अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेकी छन्।
“मलाई पढ्न लेख्न आउँदैनथ्यो । अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु”, उनले भनिन्, “शिक्षक, साथी र परिवारको सहयोगले अगाडि बढ्न सजिलो भएको छ ।” स्कुल गएको सुरुआती दिनमा सीतालाई डर र लाज लागेको थियो । अहिले सजिलो भएको उनले अनुभव सुनाइन् ।
सीताले जागीर खानका लागि पढेकी हाेइनन् । शिक्षा प्राप्त गर्दै पढ्ने रहर पुरा गरी जीवन सहज बनाउन पढ्न थालेको उनको भनाइ छ । उनी दुई वर्ष अघि कक्षा ६ मा भर्ना भएकी थिइन् । कक्षा ६ मा मेहनत गरेर राम्रो अङ्कसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उनले बताइन् ।
“विवाहपछि पढ्ने कोसिस गरेँ तर घरायसी कामकाजले पढ्न पाइनँ । लामो समयपछि पढ्ने रहर जाग्यो । अहिले निरन्तरता दिँदैछु”, उनले भनिन्, “मेरा दुई छोरा र श्रीमान्बाट साथ सहयोग पाएकोले पढ्न सजिलो भएको छ ।”
पहिले छोरी, बुहारीले पढ्न हुँदैन भन्ने मान्यता थियो । अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने गर्छन् । घरको कामकाजसँगै विद्यालय नियमित जान पाएकोमा उनी खुसी छिन् । पढ्ने इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्ने खनालको भनाइ छ ।
सहपाठीले ‘आन्टी’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने उनले बताइन् । ढिलै भएपनि औपचारिक शिक्षा हासिल गर्न पाउँदा नयाँ अनुभव भएको उनले बताइन् ।
सीतामा पढाएको कुरा बुझ्ने, सिक्ने क्षमता भएको विद्यालयकी शिक्षिका सुनिता शर्माले बताइन्। पढाइलाई निरन्तरता दिइ कक्षा १२ उत्तीर्ण गर्ने योजना रहेको सीताले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्लड प्रेसर जाँच्ने बसेर कि सुतेर ?
-
प्रहरी समायोजन नगरे संघीय सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी
-
यी हुन् मधुमेहका बिरामीका लागि फाइदा हुने खानेकुरा
-
समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन
-
जात र थर विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : अध्यक्ष ओली
-
उपनिर्वाचनले कांग्रेस र एमाले मूलधारका पार्टी हुन् भन्ने प्रमाणित गर्यो : सांसद खतिवडा