राजनीतिमा आलोपालोबारे ओलीको टिप्पणी : धारामा पानी थाप्न बसेजस्तो होइन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई राजनीतिक वृत्तमा संस्कारकै रूपमा लिन थालिएको भन्दै आलोपालोको संस्कृतिले राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन नसकिने बताएका छन् ।
नयाँ गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड र केपी ओलीलगायतका नेता आलोपालो प्रधानमन्त्री चर्चा भइरहेका बेला ओलीले आलोपालोको संस्कृतिको विरोध गरेका हुन् । प्रधानमन्त्री मात्र नभएर मुख्यमन्त्रीका साथै अन्य सङ्घ संस्थामा पनि आलोपालोको चर्चा भइरहेका बेला अध्यक्ष ओलीले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ । तर राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन ।’
अध्यक्ष ओलीले नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्ने पनि बताएका छन् ।
‘यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ । आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठुलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ – ’तपाईंको पालो कहिले, उहाँको पालो कहिले ?’ हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौँ’,पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन् । उनले राजनीतिलाई गुणदोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसाल्नुपर्ने पनि बताएका छन् । ‘राजनीतिलाई गुण/दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौँ, आलो/पालो वा तेरो/मेरोमा आधारित रहेर होइन’, ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण