शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा हजार ३ सय रुपैयाँले घट्यो

शुक्रबार, ०९ चैत २०८०, १० : ४२
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा पुगेको छापावाला सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ३ सय रुपैयाँले नै घट्दै १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको पनि आज तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप