मित्रमिलन सहकारी ठगी प्रकरण : पूर्वरजिष्ट्रार पराजुली २० लाख धरौटीमा रिहा
पोखरा । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तारका लागि १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली २० लाख धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उच्च अदालत पोखराले उक्त आदेश उल्ट्याउँदै धरौटीमा छोड्न आदेश दिएको हो ।
पराजुली पुस ११ गते कुस्मा नगरपालिकाको कार्यकक्षबाट पक्राउ परेका थिए । उनलाई कास्की जिल्ला अदालतले पुस १७ गते पुर्पक्षमा पठाउन आदेश दिएको हो । उनीविरुद्ध सहकारीका अध्यक्ष रमण पौडेलले घुस लिएको आरोप सहितको बयान दिएका थिए ।
उच्चका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले पराजुलीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
यस्तै, सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । सहकारी ठगी प्रकरणमा अध्यक्ष रमणसँगै कार्यकारी अधिकृत किरण अधिकारी, पत्रकार समेत रहेका अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल र बुद्धि सागर पौडेल पुर्पक्षका लागि थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण