सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वरालाई लोकसभाको टिकट दिँदै कंग्रेस

शनिबार, १० चैत २०८०, ०९ : ४७
शनिबार, १० चैत २०८०

मुम्बई । बलिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमानिकै लोकप्रिय अभिनेत्रीहुन् । अभिनयबाहेक उनी हरेक मुद्धामा खुलेर कुरा राख्छिन् । यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छिन् ।

समाचार अनुसार कंग्रेस मुम्बईले स्वरालाई लोकसभाको टिकट दिने योजना बनाएको छ । यद्यपि कंग्रेस र स्वराबाट कुनै प्रतिक्रिया आए पनि स्वरा निकटले भने यो खबरको पुष्टि गरेका छन् ।

स्वराका पतिफहद अहमद समाजवादी पार्टीका नेता हुन् । त्यही कारण पनि स्वरा पतिको राजनीतिलाई पछ्याउन भित्री तयारी गरिरहेकी छन् । कंग्रेसले स्वरालाई मुम्बईको उत्तर–मध्य सिटबाट लोकसभाको टिकट दिने तयारी गरेको छ । यो सिटमा बिजेपीकी पुनम महाजन सांसद छिन् ।

स्वरा यतिबेला कंग्रेसका ठूला नेताको सम्पर्कमा छिन् । स्वरा प्रायः बीजेपीको नीतिको विरोध गरिरहन्छिन् । उनले सीएएको विरोधमा आयोजित एक जनसभामा हिस्सा लिएकी थिइन् । उनी कांग्रेस नेता राहुल गान्धीको भारत–जोडो न्याय यात्रामा देखिएकी थिइन् ।

स्वराले समाजवादी नेता फहदसँग सन् २०२३ को फेब्रुअरीमा विवाह गरेकी थिइन् । उनीहरूको एक छोरी छन् । स्वरा र फहदको पहिलो भेट सन् २०१९ मा एक प्रदर्शनका समयमा भएको थियो । त्यसपछि उनीहरू नजिकिन थालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप