फिफा विश्वकप २०२६
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
सोमबार, ०८ असार २०८३, ०४ : ०१
सारांश
- केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले उरुग्वेविरुद्धको खेलमा पाँचौँ मिनेटमै पहेँलो कार्ड पाएका छन्।
- काब्रालले स्पेनविरुद्धको खेलमा पनि पहेँलो कार्ड पाएका कारण उनी अर्को खेलका लागि प्रतिबन्धित भएका छन्।
- ट्याकलको समय नमिल्दा रेफ्रीले उनलाई पहेँलो कार्ड देखाएका हुन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वेविरुद्धको खेलमा केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्राललाई सुरुवातमै झड्का लागेको छ । मियामी स्टेडियममा जारी खेलको पाँचौँ मिनेटमै काब्रालले पहेँलो कार्ड पाएका हुन् ।
उरुग्वेका खेलाडीलाई रोक्ने क्रममा उनले गरेको ट्याकलको समय नमिल्दा रेफ्रीले उनलाई पहेँलो कार्ड देखाएका थिए । यो कार्डसँगै काब्रालले केप भर्डेको अर्को महत्त्वपूर्ण खेल गुमाउने भएका छन् । स्पेनसँगको अघिल्लो खेलमा पनि पहेँलो कार्ड पाएका उनले लगातार दोस्रो कार्ड पाएसँगै अर्को खेलका लागि प्रतिबन्धित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण