उपप्रधानमन्त्री रवि लामिछानेको नाम उच्चारण गर्दै डा. वाग्लेले भने, ‘स्वाद आइरहेको छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एंव प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्लेले रवि लामिछानेको नाम उच्चारण गर्दा स्वाद आएको बताएका छन् । आज पार्टीले गरेको पत्रकार सम्मेलनको कार्यक्रममा रवि लामिछानेको नाम उच्चारण गर्दा आफूलाई स्वाद आइरहेको बताएका हुन् ।
सुरुवातमा पार्टीका सांसद एंव युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पत्रकार सम्मेलनमा सम्बोधन गरेका थिए । श्रेष्ठले आफूपछि वाग्लेलाई बोल्न निम्तो दिएर गएका थिए । श्रेष्ठको निम्तोपछि सम्बोधनका लागि आएका वाग्लेले रवि लामिछानेको नाम उच्चारण गर्दै स्वाद आएको बताएका हुन् ।
उनले भने, ‘पार्टीका सभापति, मेरा मित्र, नेपाल राष्ट्रको उपप्रधानमन्त्री । भन्दा पनि कस्तो स्वाद आइरहेको छ । आदरणीय रवि लामिछानेज्यू ।’ डा. वाग्लेले रवि लामिछानेको नामको अगाडी उपप्रधानमन्त्री जोड्दा स्वाद आएको बताएका हुन् । लामिछानेको नाम उच्चारण गरिसकेपछि भने वाग्लेले सामान्यरुपमा नै सम्बोधनलाई अघि बढाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण