जतिसुकै चिप्ला, ठुला र बाठा माछा होउन्, समातेरै छोडिन्छ : रवि लामिछाने
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारी जतिसुकै ठुला, चिप्ला र बाठा माछा भए पनि समातेरै छोड्ने दाबी गरेका छन् । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले आफूले भ्रष्टाचार माछा समाउन थालेको बताउँदै जस्तोसुकै माछा भए पनि समातेरै छोड्ने उल्लेख गरे ।
मन्त्री लामिछानेले भने–‘कतिपय माछाहरू बढो चिप्लो हुन्छन्, समाउन खोज्दाखोज्दै चिप्लन्छन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन खोज्दा खोज्दै लुकिहाल्छन्, कतिपय माछाहरू जाल हालेपछि छल्न जान्ने पनि हुन्छन् । जतिसुकै चिप्ला, बाठा र जतिसुकै बाठा माछा हुन, नागरिकले दिएका शक्तिका अगाडि कुर्नुहोला, तिनीहरूको कुनै सीप लाग्दैन । हामीले त्यसको सङ्केत देखाइसकेका छौँ ।’
उनले एकजना समातिँदैमा फेरी छुट्यो भने निराश नहुन र नआत्तिन आग्रह गरे । उनले समाज आत्तिएको र सबै कुरा आजै हुनुपर्ने मनस्थितिमा रहेको टिप्पणी गरे ।
लामिछानेले नेपाली जनताले आफ्नो दललाई दिएको शक्तिको दुरुपयोग नगर्ने उल्लेख गरे । जनताले दिएको शक्ति आफू र आफ्नो परिवारका लागि दुरुपयोग गर्छ भने त्यो अपराध भएको उल्लेख गरे ।
उनले भने–‘नेपाली जनताले दिएको शक्तिलाई ब्याज सहित फिर्ता गर्ने प्रतिबद्धता छ भने त्यो हो राजनीति, हामीले गर्ने राजनीति त्यो हो । चितवन २ का जनताले सबैभन्दा धेरै मत पाउने सांसदको रूपमा मलाई पठाइसकेपछि मेरो कर्तव्य हुन्छ ती जनतालाई उनीहरूले दिएको शक्ति फेरी फिर्ता दिने, मेरो आफ्नो माग मुद्दा, मेरो परिवारको माग मुद्दा, मेरा आफ्ना साथीभाइका माग मुद्दा, मेरा वरपरका साथीभाइका माग मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता हामीसँग छैनन्, ढुक्क हुनुहोस् ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी एउटा जोखिम मोलेर सरकारमा गएको बताए । काम गर्न नसकेको अवस्थामा प्रधानमन्त्रीले कांग्रेसलाई जस्तो गलहत्त्याएर निकाल्नुपर्ने अवस्थामा रहेको र काम गर्न नसकेको अवस्थामा सरकारबाट बाहिरिन सबैको झोलामा राजिनामा पनि सँगै रहेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जी गर्ने कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण