आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाबाट घुम्नका लागि छोटो दूरीको एउटा गन्तव्य ‘सिङ्गल ट्री’

शनिबार, १० चैत २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा फुर्सदको समयमा घुम्न जानका लागि एउटा उत्कृष्ट गन्तव्य हो ‘सिङ्गल ट्री’ । नागार्जुन-३ इचङ्गुनारायणमा अवस्थित यो स्थान पछिल्लो समय आन्तरिक पर्यटकका लागि सहज गन्तव्य बनिरहेको छ । स्वयम्भू या हल चोकतिरबाट सिङ्गल ट्री पुग्न सकिन्छ । काठमाडौँबाट एकदमै छोटो दुरीमा रहेको यो स्थानबाट काठमाडौँ उपत्यकालाई मजासँग नियाल्न सकिन्छ । 

single tree 2

मोटरसाइकल वा गाडीमा जाँदा स्वयम्भूदेखि १०–१५ मिनेटमा पुग्न सकिने यो स्थानमा बाह्य पर्यटकहरूको पनि सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको सिङ्गल ट्रीका सञ्चालक कमल श्रेष्ठ बताउँछन् । आकाश देवीको मन्दिर परिसरमा रहेको यस स्थानमा मनोरञ्जनसँगै भगवान्को दर्शनसमेत गर्न पाइन्छ । 

single tree

आकाश भैरवको शक्तिको रूपमा आकाशदेवी विराजमान भएको यस स्थानमा करिब ३५÷४० करोडको लगानीमा आएको गन्तव्य हो ‘सिङ्गल ट्री’ । ‘स्काई ग्लास स्विङ ब्रिज’ मुख्य आकर्षणमा रहेको यस स्थानमा अन्य सिङ्गल तथा डबल पिङको मज्जा लिन सकिन्छ भने उपत्यकाको मनोरम दृश्य हेर्दै चिया कफी र खाजाको स्वाद पनि यहाँ लिन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया