कविशिरोमणि पौड्यालको गजलको श्रव्य–दृश्य सार्वजनिक
काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्यालको गजलको श्रव्य–दृश्य सार्वजनिक गरिएको छ । सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको गजलमा श्रेष्ठ स्वयंको अभिनय छ ।
शनिबार नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा गीतकार, समालोचक प्राडा कृष्णहरि बराल र समालोचक प्रा. रमा शर्माले उक्त गजलको श्रव्य–दृश्य सार्वजनिक गरे । अग्रज स्रष्टाप्रतिको सम्मान गर्ने परम्परालाई सिर्जनशील रूप दिँदै आएका सन्तोषले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्’को पनि श्रव्य–दृश्य सार्वजनिक गरिसकेका छन् ।
प्राडा बरालले सन्तोषले अग्रज स्रष्टाहरूका गजललाई गायनमा ल्याएर गजलका साथै स्रष्टाको समेत सम्मान गरेका बताए । कवि, कथाकार, नाटककार, निबन्धकारका रूपमा मात्र चिनिँदै आएका पुराना स्रष्टाहरूले गजल पनि लेखेका रहेछन् भन्ने आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेलापारेको उल्लेख गर्दै बरालले ती गजल सन्तोषले सङ्गीतमा ल्याउँदा खुसी लागेको सुनाए ।
नेपाली शिक्षा परिषद्की अध्यक्षसमेत रहेकी समालोचक शर्माले सन्तोषले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेको कर्म सराहनीय भएको बताइन् ।
सङ्गीतकार, गायक श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा र सम्मान गर्नु अनुज स्रष्टाको कर्तव्य भन्दै आफूले अग्रज स्रष्टालाई नै तीर्थ धाम र उनीहरूका सिर्जनालाई प्रसाद ठानेको बताए । ‘कुनै लाभको अपेक्षाले नभएर सम्मान र श्रद्धाले यी काम गरेको हुँ’ श्रेष्ठले भने, ‘मैले यसबाट सन्तुष्टि पाउँछु ।’
श्रव्य–दृश्यको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् भने सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण