सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

होली मनाएर एमाले सचिवालय बैठक सुरु

आइतबार, ११ चैत २०८०, १२ : ३५
आइतबार, ११ चैत २०८०

काठमाडौँ । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् ।  नेताहरुले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एक अर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन् । पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् ।

सँगै पार्टीको सचिवालय बैठक पनि सुरु भएको छ । बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप