होली मनाएर एमाले सचिवालय बैठक सुरु
आइतबार, ११ चैत २०८०, १२ : ३५
काठमाडौँ । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । नेताहरुले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एक अर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन् । पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् ।
सँगै पार्टीको सचिवालय बैठक पनि सुरु भएको छ । बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण