शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

सोमबार, १२ चैत २०८०, १० : ४०
सोमबार, १२ चैत २०८०

एजेन्सी
काठमाडौँ । पपुवा न्यू गिनीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ । 

यूएस जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर २२ मिनेट जाँदा देशको उत्तरी भागमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा ४०.२ किलोमिटर तल रहेको थियो ।

देशका अन्य क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । पूर्वी सेपिक प्रान्तसहित अम्बुन्ती र वेवाकमा समेत धक्का महसुस भएको थियो ।

सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप