पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प
सोमबार, १२ चैत २०८०, १० : ४०
एजेन्सी
काठमाडौँ । पपुवा न्यू गिनीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ ।
यूएस जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर २२ मिनेट जाँदा देशको उत्तरी भागमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा ४०.२ किलोमिटर तल रहेको थियो ।
देशका अन्य क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । पूर्वी सेपिक प्रान्तसहित अम्बुन्ती र वेवाकमा समेत धक्का महसुस भएको थियो ।
सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण