'कल्कि २८९८ एडी' मा कमल हसन भिलेन नबन्ने
नयाँ दिल्ली । प्रभासको आगामी फिल्म 'कल्कि २८९८ एडी' यतिबेला चर्चामा छ । लामो समयदेखि फ्यानहरू यो फिल्मको प्रतिक्षामा थिए । समयमै यो फिल्म रिलिज गर्न सकियोस् भनेर निर्माताहरु विगतदेखि निकै मेहनत गरिरहेका छन् ।
हालै इटलीमा फिल्ममा प्रभास र दिशा पटानीको रोमान्टिक गीतको छायाङ्कन गरिएको थियो । यो साइन्स फिक्सन फिल्मको निर्देशन नाग अश्विनले गरिरहेका छन् । यस फिल्ममा कमल हसनलाई पनि देख्न पाइनेछ ।
अतिथि भूमिकामा देखिनेछन् कमल हसन
फिल्ममा कमल हसनले खलपात्रको भूमिका निर्वाह गर्नसक्ने अनुमान गरिएको थियो । तर हालै एउटा अन्तरवार्तामा कमल हसनले यस मेगा बजेट फिल्ममा आफू अतिथि भूमिकामा मात्रै देखिने बताएका छन् । उनको यो अभिव्यक्तिपछि फिल्ममा उनको भूमिकाबारे अनेकौ अनुमान आइरहेको छ ।
कल्कि २८९८ मा प्रभास पहिलोपटक सुपर हिरोको भूमिकामा देखिँदैछन् । यो फिल्ममा नाग अश्विनले के नयाँ गर्नेछन् भन्ने उत्सुकता पनि फ्यानहरुको मनमा उठेको छ । यस साइन्स फिक्सन फिल्ममा अमिताभ बच्चन दिशा पटानी, राजेन्द्र प्रसाद र पशुपति जस्ता चर्चित कलाकारहरू पनि महत्वपूर्ण भूमिकामा देखिँदैंछन् । फिल्म यहि वर्ष मे ९ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण