सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

'कल्कि २८९८ एडी' मा कमल हसन भिलेन नबन्ने

सोमबार, १२ चैत २०८०, १० : ४०
सोमबार, १२ चैत २०८०

नयाँ दिल्ली । प्रभासको आगामी फिल्म 'कल्कि २८९८ एडी' यतिबेला चर्चामा छ । लामो समयदेखि फ्यानहरू यो फिल्मको प्रतिक्षामा थिए । समयमै यो फिल्म रिलिज गर्न सकियोस् भनेर निर्माताहरु विगतदेखि निकै मेहनत गरिरहेका छन् ।

हालै इटलीमा फिल्ममा  प्रभास र दिशा पटानीको रोमान्टिक गीतको छायाङ्कन गरिएको थियो । यो साइन्स फिक्सन फिल्मको निर्देशन नाग अश्विनले गरिरहेका छन् । यस फिल्ममा कमल हसनलाई पनि देख्न पाइनेछ ।

अतिथि भूमिकामा देखिनेछन् कमल हसन

फिल्ममा कमल हसनले खलपात्रको भूमिका निर्वाह गर्नसक्ने अनुमान गरिएको थियो । तर हालै एउटा अन्तरवार्तामा कमल हसनले यस मेगा बजेट फिल्ममा आफू अतिथि भूमिकामा मात्रै देखिने बताएका छन् । उनको यो अभिव्यक्तिपछि फिल्ममा उनको भूमिकाबारे अनेकौ अनुमान आइरहेको छ ।

कल्कि २८९८ मा प्रभास पहिलोपटक सुपर हिरोको भूमिकामा देखिँदैछन् । यो फिल्ममा नाग अश्विनले के नयाँ गर्नेछन् भन्ने उत्सुकता पनि फ्यानहरुको मनमा उठेको छ । यस साइन्स फिक्सन फिल्ममा अमिताभ बच्चन दिशा पटानी, राजेन्द्र प्रसाद र पशुपति जस्ता चर्चित कलाकारहरू पनि महत्वपूर्ण भूमिकामा देखिँदैंछन् । फिल्म यहि वर्ष मे ९ मा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप