रास्वपाले ‘काठमाडौँको आँखामा कर्णाली’ मन्थन गर्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘काठमाडौँको आँखामा कर्णाली’ मन्थन गर्ने भएको छ । बुधबार विहान १० बजे नेपाल पर्यटन बोर्डमा ‘काठमाडौँको आँखामा कर्णाली’ मन्थन हुने भएको हो ।
कर्णालीका मुद्दाबारे स्थानीयदेखि राष्ट्रियस्तरसम्म सार्थक बहसको उद्देश्यमा तीन महिने अभियानको पहिलो बिन्दुका रूपमा उक्त कार्यक्रम गर्न लागिएको रास्वपाले जनाएको छ ।
मन्थनमा प्रत्यक्ष सहभागी हुन चाहनेहरुले फर्म भर्नुपर्ने छ । रास्वपा सचिवालय बैठकले फागुन ६ गते कर्णालीका वडादेखि प्रदेशस्तरीय समिति र विभाग विघठन गरी तीन महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त अभियानका लागि सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा संयोजन समिति बनेको छ ।
आचार्य नेतृत्वको समितिमा कोषाध्यक्ष निमा अधिकारी, केन्द्रीय सदस्य तथा सांसद बिनिता कठायत र केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ सदस्य छन् । संयोजन समितिलाई कर्णालीका पार्टी संरचना विघटन गर्नुका मुख्य-मुख्य कारण पहिल्याने जिम्मेवारी छ ।
साथै आचार्य नेतृत्वको समितिले नयाँ शिराबाट सदस्यता विस्तार, संरचना गठन र विधिपूर्वक सञ्चालनको नीति, योजना र कार्यक्रम बनाएर कार्यान्वयनमा सहजीकरण गर्ने रास्वपाले जनाएको छ ।
समितिले स्थानीय सरकार, प्रशासन र समुदायबाट प्राप्त हुने सुझावका आधारमा कर्णालीका मुख्य मुद्दा-समस्याबारे बहस र पैरवीसहित समाधानमा अर्थपूर्ण खबरदारीको अगुवाई पनि गर्ने रास्वपा महामन्त्री मुकुल ढकालले बताए ।
रास्वपाले पार्टी गठन र विस्तारसहित कर्णालीका मुद्दाबारे स्थानीयदेखि राष्ट्रियस्तरसम्म सार्थक बहसको उद्देश्यमा तीन महिने अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण