भिसा सकिएपछि पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिक पक्राउ
सोमबार, १२ चैत २०८०, १७ : ३४
काठमाडौँ । भिसाको अवधि सकिएपछि पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैराकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार पक्राउ पर्नेमा २६ वर्षीय एमडी रिफात अहमद, २३ वर्षीय एमडी अब्दुलला, ४५ वर्षीय समसुल होडा, ३० वर्षीय अब्दुस विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण