मूर्ति चोरी गर्ने व्यक्ति पक्राउ
मङ्गलबार, १३ चैत २०८०, १३ : ०४
धादिङ । थाक्रे गाउँपालिका-६ महादेव बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको अभियोगमा सोही गाउँपालिका-३ मल्डुङ बस्ने ३८ वर्षीय सिताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित आग्रा खोलाबाट उक्त मूर्तिसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण