मूर्ति चोरी गर्ने व्यक्ति पक्राउ
मङ्गलबार, १३ चैत २०८०, १३ : ०४

धादिङ । थाक्रे गाउँपालिका-६ महादेव बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको अभियोगमा सोही गाउँपालिका-३ मल्डुङ बस्ने ३८ वर्षीय सिताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित आग्रा खोलाबाट उक्त मूर्तिसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा