राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री लामिछानेलाई
मङ्गलबार, १३ चैत २०८०, १७ : ३६
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ ।
बुधबार बिहान ११ बजे बस्ने समितिको बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले समितिको बैठकमा सहभागी हुन पत्र प्राप्त भएको बताइन् ।
समितिका सभापति रामहरि खतिवडाले पनि गृहमन्त्री लामिछाने भोलिको बैठकमा सहभागी हुने बताए । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई बोलाइएको खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जी गर्ने कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण