आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री लामिछानेलाई

मङ्गलबार, १३ चैत २०८०, १७ : ३६
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । 

बुधबार बिहान ११ बजे बस्ने समितिको बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले समितिको बैठकमा सहभागी हुन पत्र प्राप्त भएको बताइन् । 

समितिका सभापति रामहरि खतिवडाले पनि गृहमन्त्री लामिछाने भोलिको बैठकमा सहभागी हुने बताए । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई बोलाइएको खतिवडाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप