साउदीमा नेपाली कामदार समस्यामा
काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका २१ जना नेपाली समस्यामा परेका छन् । साउदीको दमामस्थित अलस्पाेर पुगेका २१ जना नेपाली श्रमिकहरू काम नपाएर समस्यामा परेका हुन् ।
बसुन्धारास्थित दैलेख ओभरसिजमार्फत साउदी पुगेका दाङका मेघराज भण्डारीसहितका नेपालीहरू समस्यामा परेमा हुन् । साउदी पुगेको १५ दिन बितिसक्दा पनि कुनै काम नपाएकाे उनीहरूको भनाइ छ । साउदीबाट राताेपाटीकाे सम्पर्कमा आएका श्रमिकहरूले उक्त मेनपावरबाट आएका आफूहरू काममा जान नपाएर कोठामै बसिराखेको बताए ।
'हामीलाई सिधा कम्पनीमा काम लगाइदिन्छु भनेर लग्यो। अहिले सप्लायर्स कम्पनीमार्फत काममा लगाउने रहेछ। काम नपाउँदासम्म हामीलाई एउटा कोठामा राखेको छ। खाना पनि राम्रोसँग पाएका छैनौ,' एक श्रमिकले भने ।
साउदी पुगेदेखि उनीहरूले न काम पाएका छन् । न त राम्रोसँग बस्न पाएका छन् । कोठामा सुत्ने बेड मात्रै रहेको र खाना खाने समेत टुंगो नभएका उनीहरूको भनाइ छ ।
उनीहरूलाई वेईटर, पेन्टर, इलेक्ट्रेसियन लगायतका काममा लगाइदिने भन्दै साउदी पठाएको थियो । मेनपावरले आफूहरूबाट जनही २ देखि २ लाख ५० हजार रुपैयाँसम्म पैसा लिएको उनीहरूको भनाइ छ ।
कम्पनीसँग कुरा गर्दा कुनै प्रतिक्रिया नदिने भन्दै उनले आफूहरूको समस्या समाधान गरिदिन आग्रह गरे ।
दैलेख ओभरसिजले साउदीको हाेटल ईन्टरनेश्नललाई कामदार चाहिएको भन्दै विज्ञापन आह्वान गरेको थियो ।
मेनपावर सञ्चालक उमेश तामाङले उनीहरूलाई कुनै समस्या नरहेको बताए । सप्लायर्स कम्पनीबाट काममा लगाउनुपर्ने भयकोले केही समय लागेको उनले बताए । खान र बस्नु कुनै समस्या समेत रहेको उनेका भनाइ छ ।
'बस्नको लागि राम्रो व्यवस्था छ । खानामा पनि कुनै समस्या छैन । काममा जान केही दिन लाग्छ होला,' उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण