विश्वप्रकाश लक्षित ओलीको टिप्पणी : गालीको कुटीर उद्योग कांग्रेसले चलाइरहेको छ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले नै गालीको कुटीर उद्योग चलाइरहेको आरोप लगाएका छन् । मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति इंगित गर्दै कांग्रेसले नै गालीको कुटीर उद्योग चलाइरहेको बताए । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले कम्युनिष्टहरुको सत्ता समीकरण बनेसँगै अब गालीको कुटीर उद्योग बन्द हुने भन्दै अध्यक्ष ओलीप्रति टिप्पणी गरेका थिए । सोही विषयमा अध्यक्ष ओलीले एमालेको विरुद्धमा झुटो बोलेर र बेइमानी गरेर कांग्रेसले नै गालीको कुटीर उद्योग चलाएको बताए ।
उनले भने, ‘अस्ति एउटा थोत्रा पार्टीको मान्छेले एउटा ठिटाले मलाई गाली गरेको सुनेथेँ । गालीको कुटीर उद्योग बन्द हुन्थ्यो, कुटीर उद्योग नै होइन नि यो । किन चलाउनुपर्छ उद्योग । चलाउनै पर्दैन नि । गालीको कुटीर उद्योग त उनीहरुले चलाइरहेका छन् । हाम्राविरुद्ध झुट बोलेर, बेइमानी गरेर । त्यो सारा सुनका केजाति लगाइदिने, फोटो बनाउने, सुनैसुनका । संसारमा कसैले त्यस्तो गहना लाएको देखेको छैन ।’
अध्यक्ष ओलीले कांग्रेस विचार नभएको पार्टी हो भन्दा कसरी गाली भयो ? भन्दै प्रश्न गरे । उनले कांग्रेस नयाँ विचार बोकेको र ल्याइरहेको पार्टी हो भनेर आफूले झुटो बोल्न नसक्ने स्पष्ट पारे । उनले २०८१ साललाई शुद्धीकरण र सुदृढीकरणको वर्ष बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण