इलाम–२ का लागि जनमतबाहेक अन्य मधेस केन्द्रित दल अनिर्णीत
काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उप–निर्वाचनका लागि चहलपहल सुरु भए पनि तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले हालसम्म कुने निर्णय गर्न सकेको छैन ।
जनमत पार्टीले इलाम–२ मा हुने उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर जसपा र लोसपाले भने हालसम्म कुनै निर्णय गरेको छैन ।
गत चुनावमा जनमत पार्टीले इलाम–२ मा उम्मेदवार उठाएको थिएन । तर सो पार्टीलाई त्यहाँबाट समानुपातिकमा १२४ मत आएको थियो ।
लोसपाका सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लले इलाम तथा बझाङमा हुने उपनिर्वाचनको बारेमा हालसम्म पार्टीले कुनै निर्णय नगरेको बताए । उनले भने, ‘इलाम र बझाङको उपनिर्वाचनमा लोसपाले उम्मेदवार उठाउँदैन । अन्य दललाई समर्थन नै गर्ने हो । तर त्यस विषयमा पार्टीमा छलफल बाँकी रहेको छ ।’
यसअघि लोसपाले इलाम–२ मा निरमणि माङमु लिम्बुलाई उम्मेदवार बनाएको थियो । लिम्बुले ६९ मत ल्याएका थिए । लोसपाले सो क्षेत्रमा समानुपातिकमा ९९ मत ल्याएको थियो ।
जसपाका कोशी प्रदेश इन्चार्ज रकम चेम्जोङले पनि इलाम–२ को बारेमा पार्टीले कुनै निर्णय नगरेको बताए । उनले भने, ‘हामी पार्टीमा छलफलमै छौँ । अहिलेसम्म कुनै कुराको टुङ्गो लागेको छैन ।’
गत चुनावमा जसपाले सो क्षेत्रमा यामप्रसाद लिम्बुलाई उम्मेदवार बनाएको थियो । यामप्रसाद लिम्बुले ७२४ मत ल्याएका थिए । सो पार्टीले इलाम–२ मा समानुपातिकतर्फ ९०६ मत ल्याएको थियो ।
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि इलाम–२ का लागि के गर्ने बारेमा कुनै निर्णय गरेको छैन । गत वर्ष पनि त्यहाँ उम्मेदवार उठाएको थिएन तर समानुपातिकबाट १० मत प्राप्त गरेको थियो । हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले पनि हालसम्म कुनै निर्णय गरेको छैन । इलाम–२ बाट गत चुनावमा समानुपातिकबाट ५ मत प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण