संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालको संस्कृति प्रदर्शन गरिने
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि एवं राजदूत लोक बहादुर थापा र न्यूयोर्कका पर्यटन प्रवर्द्धन गोकुल श्रेष्ठबिच यस्तो समझदारी भएको हो ।
नेपाली स्थायी नियोगको कार्यालय न्यूयोर्कमा भएको दुई पक्षीय भेटमा नेपाललाई विश्वसामु चिनाउन राष्ट्रसङ्घको मुख्यालयमा गरिने प्रदर्शनी अर्थपूर्ण र परिणाममुखी हुने निष्कर्ष निकालिएको थियो ।
प्रदर्शनीका लागि राजदूत थापाले आवश्यक पहल थाल्ने बताए। उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटक प्रवर्द्धन श्रेष्ठसँग सहकार्य गरेर अघि बढ्ने आश्वासन पनि दिए। प्रदर्शनीमा नेपालको कलाकृति, पर्यटकीय गन्तव्य र नेपालको पहिचान झल्किने तस्बिर तथा बस्तुहरू राखिने पनि समझदारी बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण