शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालको संस्कृति प्रदर्शन गरिने

बुधबार, १४ चैत २०८०, ०७ : ३५
बुधबार, १४ चैत २०८०

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि एवं राजदूत लोक बहादुर थापा र न्यूयोर्कका पर्यटन प्रवर्द्धन गोकुल श्रेष्ठबिच यस्तो समझदारी भएको हो । 

नेपाली स्थायी नियोगको कार्यालय न्यूयोर्कमा भएको दुई पक्षीय भेटमा नेपाललाई विश्वसामु चिनाउन राष्ट्रसङ्घको मुख्यालयमा गरिने प्रदर्शनी अर्थपूर्ण र परिणाममुखी हुने निष्कर्ष निकालिएको थियो ।

प्रदर्शनीका लागि राजदूत थापाले आवश्यक पहल थाल्ने बताए। उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटक प्रवर्द्धन श्रेष्ठसँग सहकार्य गरेर अघि बढ्ने आश्वासन पनि दिए। प्रदर्शनीमा नेपालको कलाकृति, पर्यटकीय गन्तव्य र नेपालको पहिचान झल्किने तस्बिर तथा बस्तुहरू राखिने पनि समझदारी बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप