मिस नेपालको नयाँ संस्करण सुरु
काठमाडौँ । ‘मिस नेपाल २०२४’का लागि आवेदन खुला भएको छ । बुधबार होटल हिमालयनमा एक कार्यक्रमका बिच नयाँ संस्करण घोषणा गरिएको हो ।
५ फिट ३ इन्च उचाइ भएका तथा १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित नेपाली नागरिक युवतीले सहभागीका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन दिने अन्तिम मिति नयाँ वर्षको जेठ १ गतेसम्म रहेको आयोजक द हिडन ट्रेजरले जानकारी दियो । आयोजकका अनुसार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा साउन १९ गते फाइनल आयोजना हुनेछ ।

यस वर्ष पनि प्रतियोगितामा ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’तीन विजेता छानिनेछ । पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा छनौट चरणको अडिसन हुनेछ ।
कार्यक्रममा यसैवर्षदेखि हिडन ट्रेजरले पुरुष सौन्दर्य प्रतियोगिता पनि आयोजनाको जानकारी दियो । संस्थाका प्रबन्ध निर्देशक प्रमोद कंसाकारले चाँडै यसबारे विस्तृत जानकारी दिइने जनाए । कार्यक्रममा विभिन्न ‘मिस नेपाल वर्ल्ड २०२३’ सृच्छा प्रधान, ‘मिस नेपाल इन्टरनेसनल २०२३’ प्रसिद्धि शाह र ‘मिस नेपाल अर्थ २०२३’ रेना मजगैयाँ, ‘मिस नेपाल वर्ल्ड’ २०२२ प्रियंकारानी जोशीले प्रतियोगीताको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण