मिस नेपालको नयाँ संस्करण सुरु

काठमाडौँ । ‘मिस नेपाल २०२४’का लागि आवेदन खुला भएको छ । बुधबार होटल हिमालयनमा एक कार्यक्रमका बिच नयाँ संस्करण घोषणा गरिएको हो ।
५ फिट ३ इन्च उचाइ भएका तथा १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित नेपाली नागरिक युवतीले सहभागीका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन दिने अन्तिम मिति नयाँ वर्षको जेठ १ गतेसम्म रहेको आयोजक द हिडन ट्रेजरले जानकारी दियो । आयोजकका अनुसार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा साउन १९ गते फाइनल आयोजना हुनेछ ।
यस वर्ष पनि प्रतियोगितामा ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’तीन विजेता छानिनेछ । पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा छनौट चरणको अडिसन हुनेछ ।
कार्यक्रममा यसैवर्षदेखि हिडन ट्रेजरले पुरुष सौन्दर्य प्रतियोगिता पनि आयोजनाको जानकारी दियो । संस्थाका प्रबन्ध निर्देशक प्रमोद कंसाकारले चाँडै यसबारे विस्तृत जानकारी दिइने जनाए । कार्यक्रममा विभिन्न ‘मिस नेपाल वर्ल्ड २०२३’ सृच्छा प्रधान, ‘मिस नेपाल इन्टरनेसनल २०२३’ प्रसिद्धि शाह र ‘मिस नेपाल अर्थ २०२३’ रेना मजगैयाँ, ‘मिस नेपाल वर्ल्ड’ २०२२ प्रियंकारानी जोशीले प्रतियोगीताको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला