सुनकोसीमा बेपत्ता ३ बालबालिका मृत अवस्थामा फेला
बुधबार, १४ चैत २०८०, २२ : २७
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित सुनकोसी नदीबाट बेपत्ता ३ जना बालबालिका मृत अवस्थामा फेला परेका छन् । चैत ११ मा होली खेलेर पौडी खेल्न गएका ९ वर्षीय रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीय लोकबहादुर मगर मृत अवस्थामा भेटिएका हुन् ।
मङ्गलवार धाप्लाङ घाटभन्दा करिब २ किलोमिटर तल रिदम मगरको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनका अनुसार बुधवार सिम्लेमा रेखा मगर र घटनास्थलभन्दा ८ किलोमिटर तल कम्पुघाटमा लोकबहादुर मगरको शव भेटिएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण