सुनकोसीमा बेपत्ता ३ बालबालिका मृत अवस्थामा फेला
बुधबार, १४ चैत २०८०, २२ : २७

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित सुनकोसी नदीबाट बेपत्ता ३ जना बालबालिका मृत अवस्थामा फेला परेका छन् । चैत ११ मा होली खेलेर पौडी खेल्न गएका ९ वर्षीय रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीय लोकबहादुर मगर मृत अवस्थामा भेटिएका हुन् ।
मङ्गलवार धाप्लाङ घाटभन्दा करिब २ किलोमिटर तल रिदम मगरको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनका अनुसार बुधवार सिम्लेमा रेखा मगर र घटनास्थलभन्दा ८ किलोमिटर तल कम्पुघाटमा लोकबहादुर मगरको शव भेटिएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ काठमाडौँले बुझायो महानगरसहित ११ पालिकालाई ध्यानाकर्षणपत्र
-
क्षेत्राधिकार भन्दा बाहिर गएर परराष्ट्रले लेखेको पत्रको औचित्य छैन : शर्मा
-
यार्सा टिप्न गएका दुई जनाको मृत्यु
-
‘माओवादी फुर्को’ले साना वाममा ठुलो पहिरो, नेसपामा सम्बन्ध बिग्रियो
-
ज्ञानेन्द्रले फेरि गरे राजावादी नेताहरूसँग भेट, छलफलको विषय गोप्य राखियो
-
'यो अहिलेसम्मको सबैभन्दा कमजोर नीति तथा कार्यक्रम हो'