हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् ।
एमाले झापाको ११ औँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् । उनले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रुपमा रहने दाबी गरे । उनले लालकिल्लामा कसैलाई हात हाल्न दिनु नहुने बताए । उनले लालकिल्लामा हात हाल्ने कुचेष्टा नगर्न पनि चेतावनी दिए । उनले झापाबाट गल्तीले जितेर गएकाहरूको भूमिका कामै नलाग्ने रहेको बताए ।
उनले भने, ‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ । आजको होइन हो, यो ०४८ सालको सुरुको लालकिल्ला हो । यो लालकिल्लामा कसैले हात हाल्न दिनु हुँदैन । हात हाल्ने कुचेष्ठा नगरे हुन्छ । यो लालकिल्ला हो, लालकिल्ला रहन्छ । राखिन्छ लालकिल्लाको रुपमा । गल्तीले जितेर गएकाहरूको माथि भूमिका हेर्नुस् त कस्तो छ । नचाहिने काम गरेका छन् । यो मात्रै होइन, अब त हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ । देशैभरि लालकिल्ला ।’
अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका विषयमा फुर्ती नगर्न नेपाली कांग्रेसलाई चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण