जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ । १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने इलाम माई नगरपालिका–६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती किशोरीलाई बिर्तामोड नगरपालिका–४ स्थित कोहिनुर होटलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण