नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर विरोध

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघले सरकारको विरोधमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको शान्ति बाटिकामा भला भई नेविसंघले सरकारको विरोधमा प्रदर्शन गरेको हो ।
उनीहरुले सरकारको विरोधमा सडकमै हवन गरेर साङ्केतिक रूपमा सरकारको विरोध गरेका हुन् ।
उनीहरुले खोइ उत्तरपुस्तिका टियुले हरायो, खोइ त उत्तरपुस्तिकाको सुरक्षा यही हो त शिक्षामन्त्री ज्यु टियुको वर्तमान अवस्था, गृहमन्त्री ज्यु जि.वी राई खोइ ? सहकारी ठगी काण्ड स्वाहा, दोहोरो नागरिकता काण्ड स्वाहा, सुन तस्कर काण्ड स्वाहा, गृहमन्त्रीको नैतिकता स्वाहा, भुटानी शरणार्थी काण्ड स्वाहा, विद्यार्थीको उत्तरपुस्तिका स्वाहा, विद्यार्थीको भविष्य स्वाहा, समयमै परीक्षाफल प्रकाशन स्वाहा, खुला प्रक्रियाबाट भिसी नियुक्ति प्रक्रिया स्वाहा, भिसीको नयाँ कार्ययोजना स्वाहा, शिक्षामन्त्रीको कार्ययोजना स्वाहा, टियु पदाधिकारीको नैतिकता स्वाहा, शिक्षा क्षेत्रमा राजनीतिको अन्त्य स्वाहा, टियुमा बेथितिको अन्त्य स्वाहा लगायतका प्लेकार्ड र शब्द प्रयोग गरी विरोध जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन