नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर विरोध
काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघले सरकारको विरोधमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको शान्ति बाटिकामा भला भई नेविसंघले सरकारको विरोधमा प्रदर्शन गरेको हो ।
उनीहरुले सरकारको विरोधमा सडकमै हवन गरेर साङ्केतिक रूपमा सरकारको विरोध गरेका हुन् ।
उनीहरुले खोइ उत्तरपुस्तिका टियुले हरायो, खोइ त उत्तरपुस्तिकाको सुरक्षा यही हो त शिक्षामन्त्री ज्यु टियुको वर्तमान अवस्था, गृहमन्त्री ज्यु जि.वी राई खोइ ? सहकारी ठगी काण्ड स्वाहा, दोहोरो नागरिकता काण्ड स्वाहा, सुन तस्कर काण्ड स्वाहा, गृहमन्त्रीको नैतिकता स्वाहा, भुटानी शरणार्थी काण्ड स्वाहा, विद्यार्थीको उत्तरपुस्तिका स्वाहा, विद्यार्थीको भविष्य स्वाहा, समयमै परीक्षाफल प्रकाशन स्वाहा, खुला प्रक्रियाबाट भिसी नियुक्ति प्रक्रिया स्वाहा, भिसीको नयाँ कार्ययोजना स्वाहा, शिक्षामन्त्रीको कार्ययोजना स्वाहा, टियु पदाधिकारीको नैतिकता स्वाहा, शिक्षा क्षेत्रमा राजनीतिको अन्त्य स्वाहा, टियुमा बेथितिको अन्त्य स्वाहा लगायतका प्लेकार्ड र शब्द प्रयोग गरी विरोध जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण