प्रतिगामीहरूको स्वर्ग अतीतमा, लोकतन्त्रवादीको स्वर्ग भविष्यमा हुन्छ : राष्ट्रपति
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिगामीहरूको स्वर्ग अतीतमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने बताएका छन् । राष्ट्रपति पौडेलले तनहुँको देवघाट गाउँपालिकाको पवित्र धार्मिक स्थल देवघाटमा निर्माण गरिने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरूको स्वर्ग अतीतमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीहरूको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौँ,’ उनले भने ।
उनले विदेश पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि अनुचित भएको बताउँदै थपे, ‘ हाम्रो देश पृथ्वीमै स्वर्ग छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ ।’
उनले गठबन्धन जो जता भए पनि विकासमा हामी एक हुनुपर्छ भनेर राजनीतिक दलका नेताहरूलाई आफूले भन्ने गरेको स्मरण गराए ।
तनहुँको गाईघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै उनले पञ्चायतका कठिन दिनहरूमा आफूहरू त्यहाँ सङ्गठन गर्न जाँदा गरिबी र अभावले खानसमेत नपाइने गरेको स्मरण गर्दै लोकतन्त्र पछि त्यस क्षेत्रले काँचुली फेरेको बताए । गाईघाट माथिको एउटा वडामा मात्रै पनि करोडौँको सुन्तला फल्ने गरेको र त्यसलाई बजारसम्म पुर्याउन त्यहाँ पुलको आवश्यकता रहेको जिकिर गर्दै त्यहाँ पुल बने व्यापारी किसानकै घरमै पुगेर उत्पादन लैजान सक्ने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सो ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागेको हो । त्यसको लागत करिब १५ करोड रुपैयाँ रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण